सुनचाँदीको मूल्य बढ्यो

1.86K
shares

काठमाडौं । आर्थिक वर्ष २०८२-८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेकोे छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।