तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन

13
shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत आइतबार ३ लाख १ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँमा पुगेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।