“स्थानीय कला र संस्कृतिको संरक्षण गरौँ” भन्ने नाराका साथ रोल्पा माडी समाज दाङको भेटघाट तथा भेला कार्यक्रम सम्पन्न,

3.59K
shares

ओमसरा घर्ति-काठमाडौं । स्थानीय कला र संस्कृतिको संरक्षण गरौँ” भन्ने नाराका साथ रोल्पा माडी समाज दाङको भेटघाट तथा भेला कार्यक्रम सम्पन्न भएको छ।

दाङको तुलसीपुरस्थित पुरानो यातायात कार्यालयमा यही मिति २०८२ साल साउन १० गते शनिवार सम्पन्न भएको हो ।

रोल्पा माडी समाज दाङको भेटघाट तथा भेलाले ३३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

भेलामा करिब १०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो।

‎कार्यक्रममा स्थानीय कला र संस्कृतिको संरक्षण, समुदायबीच आपसी एकता र सहयोग अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल गरिएको थियो।

भेलाबाट चयन भएका पदाधिकारीहरू यसप्रकार छन् ।

‎अध्यक्ष : कमानसिं घर्ती

‎उपाध्यक्ष : कर्णबहादुर डाँगी, हिरासिं बुढा, मान बहादुर घर्ती

‎सचिव : बल सिं घर्ती मगर

‎सह–सचिव स् सन्तोष नेपाली

‎कोषाध्यक्ष : सुन कुमारी बुढा

‎‎नव–निर्वाचित अध्यक्ष कमानसिं घर्तीले कार्यक्रममा बोल्दै समाजलाई अझ सशक्त र सक्रिय बनाउन सबैको साथ आवश्यक रहेको बताउँदै रोल्पा माडी क्षेत्रको सांस्कृतिक र सामाजिक उत्थानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‎भेलामा समाजका पूर्व पदाधिकारी, स्थानीय प्रतिनिधि तथा समुदायका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको समाजसेवि राजनीतिक व्यक्तित्व तथा यस रोल्पा माडी समाज दाङका सचिव बल सिं घर्ती मगरले जानकारी दिएका छन् ।