रोल्पामा हुँदै ३०औं एसियाली बालसाहित्य सम्मेलन
वि.सं.२०८२ साउन १३ मंगलवार १६:१९
shares

ओमसरा घर्ति,काठमाडौं । रोल्पामा पहिलोपटक ३० औं राष्ट्रिय बालसाहित्य सम्मेलन एसियास्तरीय रुपमा आयोजना हुने भएको छ।
आगामी मंसिर १८ र १९ गते लिबाङमा हुने सम्मेलनको आयोजना नेपाल बालसाहित्य समाज, काठमाडौंले गर्ने जनाएको छ।
यसअघि सम्मेलनहरू राष्ट्रिय स्तरमै सीमित रहे पनि यसपटक भारत, बंगलादेश लगायत एसियाका विभिन्न देशका बालसाहित्य लेखकहरूलाई सहभागी गराइने समाजका केन्द्रीय अध्यक्ष विजयराज आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रममा कथा, कविता, निबन्ध, चित्रकला, अभिनय, बालसमीक्षा लेखन, कथा वाचन र नृत्यजस्ता विधामा प्रशिक्षण दिइनेछ।
साथै पुस्तक विमोचन, विचार–विमर्श, प्रदर्शनी, कार्यपत्र प्रस्तुती, रचना वाचन र पुरस्कार वितरणजस्ता गतिविधि पनि रहनेछन्।
सम्मेलनलाई भव्य बनाउन जिल्लास्तरीय मूल आयोजक समिति गठन गरिएको छ।
डी.बी. टुहुरो संयोजक, नवीन लोचनमगर सहसंयोजक र कविता उपाध्याय सदस्य–सचिव रहने गरी समिति बनेको हो।
गत शुक्रबार बसेको बैठकले सम्मेलन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।
अर्थ व्यवस्थापन उपसमिति : ओम पन्छी संयोजक, ११ सदस्य
आवास तथा भोजन उपसमिति : श्याम बुढामगर संयोजक, ११ सदस्य
अतिथि सत्कार उपसमिति : नवीन लोचनमगर संयोजक, ४ सदस्य
सेसन व्यवस्थापन उपसमिति : भूपबहादुर केसी संयोजक, ३ सदस्य
मञ्च व्यवस्थापन उपसमिति : कविता उपाध्याय संयोजक, ९ सदस्य
सूचना तथा सञ्चार उपसमिति : देवी गुरुङ संयोजक, ५ सदस्य
झाँकी व्यवस्थापन उपसमिति : पृथ्वी डाँगी संयोजक, ७ सदस्य
सांस्कृतिक उपसमिति : टेकेन्द्र सेन संयोजक, ३ सदस्य
यातायात व्यवस्थापन उपसमिति : सफल बुढामगर संयोजक, ५ सदस्य
प्रमाणपत्र व्यवस्थापन उपसमिति : खेमराज गाउँले संयोजक, ३ सदस्य
कार्यशाला व्यवस्थापन उपसमिति : कृष्णप्रसाद न्यौपाने संयोजक, ११ सदस्य
स्वयंसेवक व्यवस्थापन उपसमिति : ध्रुवचन्द्र पुनमगर संयोजक, ५ सदस्य
बालसाहित्यका विषयमा रोल्पाका साहित्यकार गोकर्ण प्रसाद पुनले कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी पाएका छन्।
सम्मेलनलाई अझ प्रभावकारी बनाउन १७ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको आयोजकले जनाएको छ।













