भ्रष्टाचार र सरकार पर्यायवाची : सांसद शर्मा
वि.सं.२०८२ साउन १४ बुधवार १४:२०
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची बनेको टिप्पणी गरेका छन्।
राष्ट्रियसभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन्।
देशमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको उनको आरोप छ। उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी दिए।
उनले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाए।
शर्माले भने, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ। भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ। सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्। यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन्। आ
उने पुस्ताको भविष्य झन् डामाडोल हुँदै गइरहेको छ।’
भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया शुरु गर्न सरकारको ध्यानाकर्षण गराए।













