स्थानीय उत्पादन प्रवर्द्धनको मागसहित खोटाङका नगरप्रमुख तीर्थराज भट्टराई आमरण अनसनमा
वि.सं.२०८२ साउन १४ बुधवार १४:३५
shares

काठमाडौं । स्थानीय उत्पादनको प्रवद्र्धन लगायतका विभिन्न सात सूत्रीय माग राख्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बुधबारबाट आमरण अनसन सुरु गरेका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोगका लागि आवश्यक कानून निर्माण गर्नुपर्ने लगाएत सात सूत्रीय माग राख्दै आइतबारबाट सत्याग्रह सुरु गरेका भट्टराईले आफ्ना मागका बारेमा सरोकारवाला निकाय गम्भीर नभएको भन्दै बुधबारबाट आमरण अनसन सुरु गरेका हुन् ।
जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि वन, वातावरण र पर्यावरण युक्त सामान प्रयोगका लागि नीति बनाउनुपर्ने भन्दै आफु अग्रसर भएर लागेको भट्टराईले बताए ।
संस्कृति र पर्यावरणको रक्षाका लागि कसै न कसैले पहल लिनुपर्ने भएकाले आफुले पहल लिएको उनको भनाइ छ ।
उनले बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार, प्लास्टिकजन्य फोहर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त दश प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने लगाएत माग राखेका छन् ।
यसैबीच आमरण अनसन सुरु गर्नुभएका भट्टराईसंग सहरी बिकास मन्त्रालयका अधिकारीहरुले छलफल गरेका छन् ।
भट्टराईका मागबारे जानकारी लिदै उनीहरुले सरोकारवाला मन्त्रालयमा छलफल गर्ने आश्वासन समेत दिएका छन् ।













