१२ कक्षाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

1.68K
shares

काठमाडौं । १२ कक्षाको नतिजा आज साँझ सार्वजनिक हुँदैछ ।

नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

२१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा सार्वजनिक गर्ने तयारी भइरहँदा नतिजा कसरी हेर्न सकिन्छ भन्ने कौतुहल्ता परीक्षार्थी, अभिभावक लगायत आमचासो बनेको छ ।

बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट: NEB.NTC.NET.NP  बाट नतिजा हेर्न सकिन्छ ।

यसैगरी एसएमएस सेवा अन्तर्गत ल्भ्द्य क्थmदय िल्य। टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत ८१६०१३ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।