नेकपा एसको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक भदौमा
वि.सं.२०८२ साउन २४ शनिवार १३:५१
1.39K
shares
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक भदौमा बस्ने भएको छ ।
भदौ ४ गतेका लागि स्थायी कमिटी बैठक, ५ गते पोलिटब्युरो र ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनको अनुसार स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा र केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ ।













