आशिराम रेग्मीको ‘‘भाई बहिनि नाचौला छम्म छम्म छम्म’’ सार्बजनिक
वि.सं.२०८२ साउन २५ आइतवार १७:२५
shares

काठमान्डौ । हिन्दु नेपाली दिदी-बहिनी महिला नारीहरुको महान चार्ड हरितालिका तिज पर्ब नजिकिदै गर्दा ,तिज गितहरु सुन्ने हेर्ने , र रमाउने माहोल शुरु भईसकेको छ ।
हरेक दिनजसो नयाँनयाँ तिजका भाकाहरु सार्बजनिक हुने क्रम पनि बढ्दो छ । यसै क्रममा लोक तथा दोहारी क्षेत्रका चर्चित गायिका टिका पुन र गायक आशिराम रेग्मीको स्वरमा रहेको नयाँ तिज गित ‘‘भाई बहिनि नाचौला छम्म छम्म छम्म’’ले सार्बजनिक भएको छोटो समयमै सबैको मन जित्न सफल भएको छ ।
गितको शब्द संगीत पनि गायक स्वयम् रेग्मीकै रहेको छ । गितको संगीत संयोजन एबम् सम्पादन हेमन्त शिशिरले गरेका हुन् ।
मदन खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा सरोज शाहीको छायांकन, त्यस्तै अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।
जसमा सरिता दान्कुटी,तिलक शाही,सर्मिला रावल शाही त्यस्तै ज्योती कार्की लगायतले अभिनय गरेका छन् ।
यस गितको भिडियो पनि गायक आशिराम रेग्मीको आफ्नै आधिकारिक युटुब च्यानल आशिराम रेग्मी अफिसियल च्यानल बाट सार्बजनिक गरिएको हो ।
पछिल्नो समयमा समाजमा केहि गितहरुमा देखिएको छाडा र एक किसिमको बिकृति एबम् नकारात्मक माहोल सृजना हुने खालका गितहरु बजारमा आईरहदा यस गितमा रहेको मौलिकता र पारिवारिका बाताबरणमा बसेर हेर्न सुन मिल्ने गित भाको हुनाले पनि यस गितमा थप टेवा पुगेको र गितले लोकप्रियता कायम गरेको गायक आशिराम रेग्मीले लेकाली अनलाईनलाई बताए ।
गायक रेग्मीका यस अघि बजारमा थुप्रै गितहरु सार्बजनिक भईसकेका छन् ।
साथै आगामी दिनहरुमा पनि अझै केहि नयाँनयाँ सृजनाहरु गितहरु बजारमा ल्याउनको लागि तयारि भैईराखेको र आगामी दिनहरुमा पनि माया प्रेम साथ् सहयोग हौसला प्रोत्साहन ,लाईक कमेन्ट शेर गर्नका लागि रेग्मीले आग्रह गरेका छन् ।
–हेर्नुहोस उक्त गितको पुरा भिडियो–












