सांसद अमनलाल मोदीको चेतावनी : हुलाकी सडक निर्माणमा रुलिङ नआए अनशन बस्ने

1.05K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई रुलिङ नगरे सभामुखको अगाडि अनशन बस्ने चेतावनी दिए ।

हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन ।

त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइ चलिरहेको छ ।

यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्‍यो’ सांसद मोदीले भने, ‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु ।

जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु ।’