राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दवाव दिएन : रामहरि खतिवडा

1.17K
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दवाव नदिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद भवनमा सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दवाव नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताए ।

यद्दपी मनले नमानेपछि राजीनामा दिएको उनको भनाइ छ ।

खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानविन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सवै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गरे ।

खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिदै मंगलबार पदबाट राजीनामा दिएका थिए ।