काठमाडौंको गोंगबु र तारकेश्वरमा दुई जना मृत अवस्थामा फेला

2.09K
shares

काठमाडौँ । काठमाडौँको गोंगबु र तारकेश्वरमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित होटल नुर एण्ड रेस्टुरेन्टको तेस्रो तलाको कोठा नम्बर ३०२ मा गत साउन १९ गते देखि बस्दै आएका कास्की माछापुच्छ्रे गाउँपालिका-३ घर भएका २३ वर्षीय विपिन भुजेल सोही कोठाको बाथरुममा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौँकै तारकेश्‍वर नगरपालिका-४ ढुङ्गेधारा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ५० वर्षीया ठुलीमाया तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता, कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका-६ मुसेपानी बस्ने ३५ वर्षीय विनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, गुल्मीको चन्द्रकोट गाउँपालिका-८ रामपुरस्थित पोखरीमा सोही गाउँपालिका-८ रजाली टोल बस्ने गुल्मी दरबार गाउँपालिका-१ नेटा घर भएका ४५ वर्षीय तुल्सी बहादुर क्षेत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।