भक्तपुरमा कारले किच्दा एक युवकको मृत्यु
वि.सं.२०८२ साउन २८ बुधवार १५:२२
shares

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका-९ स्थित सडकमा भएको दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
ब्रम्हायणीबाट सुडालतर्फ जाँदै गरेको बा।प्र।०१-००६ ख ६६८४ नम्बरको निशान गाडीले किचेर गाडीमा सवार सोही नगरपालिका-९ च्यामासिंह बस्ने सिन्धुपाल्चोक ब्राहबिसे नगरपालिका-८ सुगुरे घर भएका ३४ वर्षीय सुनिल कार्कीको मंगलबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसै गरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ दुर्गा चोकस्थित सडकमा जिरोमाईलबाट रामान्दचोकतर्फ जाँदै गरेको म.प्र.०२-००८ प ५६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नगराइन नगरपालिका-९ घोडघास बस्ने २६ वर्षीय असलम साफीको मंगलबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












