एमसीसी पुनः सक्रिय गर्ने अमेरिकी निर्णयविरुद्ध विप्लव नेतृत्वको नेकपाको काठमाडौंमा प्रदर्शन (भिडियो)
वि.सं.२०८२ साउन ३० शुक्रवार १६:३०
1.86K
shares
shares

काठमान्डौं । विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेपालमा एमसीसी परियोजना पुनः सक्रिय गर्ने अमेरिकाको निर्णयबिरुद्ध नेकपाले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गर्रौ, एमसीसी परियोजना खारेज गर लगाएतका नारा लगाएका थिए ।
नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाले एमसीसी देशको हित बिपरित रहेपनि दवावका आधारमा ठूला दलले अघि बढाएको आरोप लगाए ।
उहाले नेपालमा स्थगीत भइसकेको एमसीसी परियोजना पुनः सक्रिय गरेको भन्दै निरन्तर विरोध गर्ने स्पष्ट पारे ।











