उपसभामुखलाई हटाएर कांग्रेस-एमालेले गल्ती गर्न खोज्दैछन् : प्रचण्ड
वि.सं.२०८२ भदौ ३ मंगलवार १४:०२
2.31K
shares
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।
मङ्गलवार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस(एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन् ।
वर्तमान सरकार गठन भएदेखि नै गल्ती बाहेक राम्रो कुनै काम गर्न नसकेको उनले बताए ।
प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर गरे ।
प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको बताए ।













