प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने

1.92K
shares

काठमाडौँ । गत जेठदेखी निरन्तर संसद बैठकलाई बहिष्कार अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधी सभामा अवरोध नगर्ने भएको छ। भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको हो ।

शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् । सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने भएकाले प्रधानमन्त्रीको सम्बोधनलाई अवरोध नगर्ने रास्वपा सचेतक सन्तोष परियारले बताएका छन् ।