सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला
वि.सं.२०८२ भदौ ३१ मंगलवार १५:३२
1.29K
shares
shares

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन् । उनी दिप्रुङ चुइचुम्मा-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । परियार सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् ।
उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी थिइन् ।
अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा गएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली सोमबार राति नै खटिएको उनले बताए ।











