ओलीको प्रश्न : सरकारले चुनाव नै गराउँदैन, एमालेले कसरी अस्वीकार गर्‍यो ?

247
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले चुनाव नै नगराउने जिकिर गरेका छन् ।

आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘यो सरकारले चुनाव नै गराउँदैन, हुँदै नहुने चुनाव एमालेले कसरी अस्वीकार गर्‍यो ? बहिस्कार कसरी हुन्छ ?’ उनले नहुने निर्वाचन बहिष्कार गर्ने भन्ने कुरा नै नआउने तर्क गरे ।