हाँडीगाउँका अवैध घर–टहरामा महानगरले चलायो डोजर

338
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँ क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

नक्साबिना निर्माण भएका अवैध घर–टहरामा डोजर चलाएको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए ।

“हाँडीगाउँमा अवैधरूपमा निर्माण भएका संरचना भत्काइरहेका छौँ । त्यसपछि थापाथलीमा बाँकी रहेका संरचनाहरू भत्काउदै छौँ,” एसपी जोशीले  भने ।

महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरामा डोजर चलाउँदै आएको छ । महानगरले कात्तिक ९ गते आइतबार थापाथलीस्थित गुठी संस्थानको जग्गामा बनेका पक्की घर–टहरामा डोजर चलाएको थियो ।