अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री

156
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध विभिन्न संघ संस्थासंस्थाहरुसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे ।

सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उनले बताए । मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे ।