प्रधानमन्त्रीसँग सबै मन्त्री र सचिवहरूको छलफल जारी
वि.सं.२०८२ कात्तिक १७ सोमवार १५:००
234
shares
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी छिन् ।
वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको उनको सचिवालयले जनाएको छ ।
अहिले बैठक सिंहदरबारमा जारी छ ।
सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।
आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा उनले निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।








