सुनको भाउ २ हजार १ सय बढ्यो, चाँदी घट्यो
वि.सं.२०८२ पुस २५ शुक्रवार १२:१३
949
shares
shares

- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ।
- सुनको भाउ अघिल्लो दिनको २ लाख ६५ हजार ७ सय रुपैयाँभन्दा २ हजार १ सय रुपैयाँले बढेको हो।
- चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ।
२५ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको भाउ घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि चाँदी पुस २३ गते हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुगेको रेकर्ड छ ।












