सेयर बजारमा ९ अंकको ‘करेक्सन’, ३ अर्बले खुम्चियो कारोबार रकम
वि.सं.२०८२ माघ ७ बुधवार १५:५०
728
shares
shares

काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ आएको छ । यो साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेको हो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन हुने पक्कापक्की भएपछि सेयर बजारमा निरन्तर सुधार आएको छ । आगामी निर्वाचनका लागि मंगलबार देशैभरि उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन् । देश नै निर्वाचनमय भए पनि सेयर बजार पनि सकारात्मक हुँदै आएको हो ।
निर्वाचनपछि राजनीतिक स्थिरता हुने, सेयर बजारमैत्री सरकार बन्ने तथा समग्र सेयर बजार समेत विकास हुने अपेक्षा लगानीकर्ताको छ । सोही अनुसार लगानीकर्ता बजारमा लगानी पनि बढाउने योजना बनाएका छन् ।
निर्वाचन हुने पक्कापक्की भए पनि सेयर बजारमा लगानी बढाउन सुरु गरेको सेयर लगानीकर्ता ओमप्रकाश शर्माले बताए ।










