फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाहीको तयारी
वि.सं.२०८२ माघ २३ शुक्रवार १४:१९
598
shares
shares

काठमाडौं । सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही प्रक्रियाअघि बढाइएको छ ।
पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाही प्रक्रियाअघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए ।सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।
उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै युनिटमा कार्यरत थिए ।







