संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्चले फैसला नगरेको भन्दै कांग्रेस सांसदको असन्तुष्टि

858
shares

काठमाडौं । राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैंठकमा विशेष समय लिएर बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।सांसद ढुंगानाले सर्वोच्च अदालतका न्यायाधिशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर समेत गरे ।

पञ्चायत कालमा पनि न्यायाधीशहरूले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेश गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताए ।