हत्या गरिएको अवस्थामा प्रहरी हबलदारको शव फेला

793
shares

२७ माघ,  दार्चुलामा एक नेपाल प्रहरी हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या भएको हो ।

महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हबलदार घर्ती बंगाबगडको एक होटल पछाडि मृत भेटिएको वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए ।

हबलदार घर्तीको शवको प्रकृति हेर्दा हत्या भएको बुझिने प्रहरीले जनाएको छ ।