सेयर बजारको ओरालो यात्रा कायम, नेप्से र कारोबार रकम दुवै घट्यो
मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकमा झरेको छ ।
वि.सं.२०८२ माघ २७ मंगलवार १६:१३
shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो ।
मंगलबार नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबारदेखि नेप्से सूचक र कारोबार रकम दुवैमा निरन्तर गिरावट आएको नेप्सेले जनाएको छ
मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक नकारात्मक भएको हो ।
नेप्सेमा यस दिन १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।











