राष्ट्रिय सभालाई बिजनेसको कमी

52
shares

काठमाडौं । राष्ट्रिय सभामा बिजनेसको कमी भएको छ । सरकारले विधेयक नदिँदा बिजनेसको कमी भएको हो ।

राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलका अनुसार राष्ट्रिय सभामा धेरै विधेयक छैनन् ।

प्रतिनिधिसभाबाट पारित भएर अगाडि बढेका प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभामा छ ।

यसबाहेक प्रतिनिधिसभाबाट पारित भएर गएको वैकल्पिक विकास वित्त परिचालन विधेयक पनि राष्ट्रिय सभामा छ ।

थप बिजनेस राष्ट्रिय सभामा छैन ।

सभाको बिजनेसको सन्दर्भमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गर्ने तयारी छ । कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।