बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

52
shares

बैतडी । बैतडीमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।

धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट ६० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।