सुनको भाउ २ हजार ४ सय रुपैयाँ घट्यो

234
shares

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा १६० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३४० रुपैयाँमा झरेको छ । यसअघि गत बिहीबार चाँदी ४ हजार ४५० रुपैयाँ थियो ।