प्रतिनिधिसभामा विपक्षीले आफ्ना कुरा राख्न विरोध गर्छन र फेरि बैठक कार्यसूचीमा प्रवेश गर्न दिन्छन् । विगतमा यस्तै हुँदै आएको र आज पनि यस्तै हुने कांग्रेसकी प्रमुख सचेतक थापाले जानकारी दिइन् ।
यसबाहेक प्रतिनिधिसभामा आज आकस्मिक समय र शून्य समय चल्नेछ । जहाँ सांसदहरूले आफ्ना विषय राख्नेछन् ।
यसबाहेक सदनमा एउटा विधेयक संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।







