सिरहामा कर्फ्यु कार्यान्वयन गराउन सेना परिचालन

78
shares

जनकपुरधाम । सिरहाको लहान र गोलबजार नगरपालिका आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको छ । तर, कर्फ्यु उल्लंघन हुन थालेपछि सेना परिचालन गरिएको छ ।

कर्फ्युमा पनि प्रर्दशन जारी देखिएपछि थप क्षति हुन नदिन सेना परिचालन गरिएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

सिरहामा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको छ भने धनुषाधामका एकजना घाइते भएको उनले बताए ।

प्रहरीको खबर अनुसार सिरहाको लहान र गोलबजारमा तनाव देखिएका छन् भने अन्य पालिका नियन्त्रणमा रहेको उनले बताए ।