पाकिस्तानको हिमपहिरोमा बेपत्ता ६ जना नेपाली पर्वतारोही अझै ‘बेपत्ता’को सूचीमा

78
shares

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूमध्ये ६ जना नेपाली पर्वतारोही अझै सम्पर्कविहीन रहेको नेपाल सरकारले जनाएको छ ।

केही शव फेला परेको भन्ने खबरहरू सार्वजनिक भए पनि पर्यटन विभागले हालसम्म कुनै पनि आरोहीको मृत्युको आधिकारिक पुष्टि गरेको छैन । विभागले आरोहण टोलीमा रहेका ६ जना नेपालीलाई अझै ‘बेपत्ता’ सूचीमै राखेको छ ।

यसैबीच, पर्यटन विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै उद्धार तथा खोजी कार्यमा पाकिस्तान सरकारसँग आवश्यक समन्वय गर्न इस्लामाबादस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको जनाएको बीबीसीले बताएको छ ।

यसअघि अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले इन्स्टाग्राममा पोस्ट गर्दै जमिनमा खटिएका उद्धार टोलीले चारवटासम्म शव फेला पारेको बताए ।