दोस्रो बागमती प्रदेश लिग फुटबल : आज २ खेल हुँदै

  • मकवानपुर । मकवानपुरको हेटौँडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा धादिङको धुनिबासी युवा समाज र मकवानपुरको पदम पोखरी यूथ क्लबबिच प्रतिस्पर्धा हुदैँछ ।

    प्रतियोगिता १२:३० बजे सुरु हुनेछ भने ३ बजे हुने दोस्रो खेलमा काभ्रेको माउन्ट एभरेस्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबिच प्रतिस्पर्धा हुदैँछ ।

    बिहीबार भएका खेलमा दोलखा र सिन्धुलीले जित हात पारेका थिए । हेटौँडा–५, स्थित पिप्ले–क्याम्पा रङ्गशालामा भएको पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार यूथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । दोलखाका लागि सुजन माझी र संग्राम श्रेष्ठले गोल गरे भने किशोर पण्डितले पेनाल्टी मार्फत एक मात्र गोल गरेका थिए ।

    खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी घोषित भएका भए । उनले पुरस्कार बापत नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा सिन्धुलीको ब्लु अल्पाइन क्लबले भक्तपुरको थिमी यूथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिन्धुलीको जीतमा सञ्जीव धामी, समीर धामी र रवि महतराले गोल गरे । खेलको म्यान अफ द म्याच सिन्धुलीका रवि महतरा घोषित भए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation