प्रत्यारोपण केन्द्रमा प्रदर्शन, कार्यकारी निर्देशकलाई प्रवेशमा रोक
वि.सं.२०८१ असोज ३ बिहीवार ०७:५५
shares

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।
विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि सुनुवाइ नभएपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको उनीहरुको भनाइ छ ।
आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
आन्दोलनकै सिलसिलामा उनीहरुले स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । झण्डै दुई सय जनाको हस्ताक्षरसहित उनीहरुले केन्द्रमा रहेका व्यथितीहरुका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।
प्रत्यारोपण केन्द्रमा प्रदर्शन













