बालेनमाथि प्रश्नै प्रश्न: दर्ता शुल्क राखेर कवाडी हटाउन मिल्छ?
वि.सं.२०८१ असार २५ मंगलवार १६:४५
468
shares
shares

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का सदस्य नरेन्द्रकुमार थापाले काठमाडौं महानगरको आर्थिक विधेयकमा कवाडी शुल्क लिने व्यवस्था राखेर कवाडी हटाउने नमिल्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सभा गृहमा बसेको १५ औं नगर सभाको पाँचौं बैठकमा थापाले उक्त कुरा बताएका हुन्।
‘कवाडी हटाउँछौं भनेर भनेको छ तर सोचेर नगरेको हो कि तारतम्य नमिलेको हो कि,’ उनले भने, ‘आर्थिक विधेयकमा कवाडी शुल्क र नवीकरण दस्तुर भनी राखेर कवाडी हटाउन हिँडेका छौं। यो कसरी मिल्छ होला र!’

यस्तै, आर्थिक विधेयकबाट कवाडी शुल्क लिने व्यवस्था राखेर कवाडी हटाउन नमिल्ने उनको भनाइ छ।
यदि कवाडी हटाउने हो भने विधेयकमा उक्त कुरा हटाएर मात्र काम अगाडि बढाउन उनको सुझाव छ।











