क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

1.03K
shares

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ। बुधबार बिहान मेटलाइफ स्टेडियममा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले गोल गरे। अल्भारेजले २२ औं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए।

दोस्रो हाफको ५१ औं मिनेटमा लियोनल मेसीले अग्रता दोब्बर पार्दै अर्जेन्टिनालाई जिततर्फ उन्मुख गराएका थिए। त्यसपछि दुवैतर्फबाट गोल नभएपछि अर्जेन्टिना विजयी भएको हो। जारी प्रतियोगितामा अर्जेन्टिना अपराजित छ। समूह चरणमा चिली, क्यानडा र पेरूलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल पुगेको हो।अर्जेन्टिनाले अब भोलि हुने कोलम्बिया र उरूग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

युरोकपको फाइनल खेल जुलाई १५ मा हुनेछ।