वितरण प्रणालीमा सुधार गर्दै मन्त्रालय
मन्त्रालयले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्ने गृहकार्य गरिरहेको छ ।
‘हामी सुधार गर्न आयात निर्देशिका परिमार्जन गर्दैछौं । अहिले मल आइपुग्न प्रक्रिया सुरु भएको १ सय २० दिन लाग्छ । त्यसलाई झारेर ३० दिन बनाउन खोज्दै छौं, त्यसपछि मल वितरणको चक्र मिल्छ,’ श्रेष्ठले भने ।
मन्त्रालयका अनुसार मल वितरण पारदर्शिताका लागि सफ्टवेयर विकास गर्ने काम भइरहेको छ । ‘कुन किसानले कुन सहकारीबाट कति मल लग्यो, भन्ने विवरण सहित राख्ने सफ्टवेयर विकास गर्न खोज्दै छौं । एक दुई महिनामा त्यो कार्यान्वयन भए अहिले भइरहेको मल चुहावटमा समस्या नहोला,’ श्रेष्ठ भन्छन् ।
उनले अहिले अनुगमन संयन्त्र पनि बलियो नभएको स्वीकार गरे । ‘अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रासायनिक मल वितरण अनुगमन समिति बनाउने कि भन्ने तयारी पनि छ । त्यसपछि अहिले आइरहेको गुनासो अलि कम हुने थियो कि!,’ उनी भन्छन् ।
के छ मलको अवस्था ?
कृषि मन्त्रालयका अनुसार २६ असारसम्म नेपालमा ७५ हजार ५० टन मल मौज्दात छ ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग गरी ३८ हजार १ सय ३० टन युरिया मल, २८ हजार १ सय ४६ टन डीएपी र पोटास ८ हजार ७ सय ७४ टन मौज्दात छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ४७ हजार ७ सय ३३ टन मल बिक्री भइसकेको छ ।
मन्त्रालयले ‘जीटुजी’ मार्फत २५ हजार टन डीएपी मल नेपाल भित्रिन सुरु भइसकेको जनाएको छ । यस्तै ३० हजार टन युरिया मल आउन थालिसकेको छ । साउन दोस्रो साताबाट ३० हजार टन युरिया नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।














