शान्ती श्री पारीयारको आवाज आयो उत्कृष्ट तीज गीत बजारमा

काली पसमकी आमा डोरी कसमकी , करीमा एस्तै भन्दै रुदै बसमकी

156
shares

       

काली पसमकी आमा डोरी कसमकी

करीमा एस्तै भन्दै रुदै बसमकी

चर्चा र स्टेजलाई प्राथमिकतामा राखेर बनिरहेका आजका गित संगीतको भिडहरुमा सदाझै यो बर्ष पनि तिज लक्षित धेरै गितहरु बजारमा आएका छन् । त्यसमा कति सफल छन् त कति आशामा सिमित बनेका छन् । अझै भनौ आजभोलि धेरै गितहरु त दोहोरो अर्थ लाग्ने गीत संगीत अत्यदिक आएको पाईन्छ।

तीज गीत जस्ले निर्माण गर्न चाहान्छ उस्ले यस्को वास्तविकता बुज्न पर्छ बिहे गरेर गएकी छोरीको हाल खबर सोध्न अहिले जस्तोसंचारको सुबिधा नभएको बुहारी भएपछी घरमा जे गरेपनिन सहनुपर्छ भन्ने समाजको सामु ब्यक्त गर्न नसकेका पिडा तीजबेला माईतीमा आफु संगै बालापनमा खेलेका साथी दिदी बहिनिहरुले आफु आफुले भोगेका पिडालाई लयबद्द गर्दै सुनाउदै जादा पारीमार्जित हुँदै गीतको रुपमा बिकसित भएको अनुमान गर्न गार्हो छैन ।

तर यहाँ आजभोलि तीजको नाममा रत्यौलीमा रमाईलो गर्ने दोहोरो अर्थ लाग्ने धेरै गीत तीजगित भनेर बजारमा आएको पाईन्छ तर यस भिडमा यस्ता सर्जक निक्लिए प्रेम सापकोटा “सोनु” जस्ले वास्तविक तीजको पहिचान बोकेको मसशुस गराएका छन् ।

उनकै शब्द संगितामा तयार भएको यस गीतमा आवाज भने पोहोर साल “अरेली काडैले चस्सै,चस्सै” भन्दै दर्शकलाई नचाएकी गायिका शान्तिश्री परियारले भरेकी छिन् उनी भन्दै छिन्

सिउदो बिग्रीयो आमा थरै बिग्रियो

तिम्री प्यारीको छोरीको घरै बिग्रियो

एउटा बिहे गरेकी छोरीको घर बिग्रीएपछी आमासँग पिडा पोख्दै भन्दैछिन् काली पसमकी आमा डोरी कसम्की करीमा एस्तै भन्दै रुदै बसमकी यो मर्मस्पर्शी शब्दलाई वास्तविक जस्तै अभिनय गर्ने स्मारीका ढकालको अभिनयले भिडियोलाई अझै मजबुत बनाएको छ

उनलाई साथ दिएका कलाकार जोन बम ठकुरीले आफ्नो भूमिका राम्रो सँग निभाएका छन् जेरी भण्डारीको कथा तथा निर्देशन तयार भएको भिडियो राजेश घिमिरेले खिचेका हुन् द्रिश्य सम्पादन भने नबिन घर्तिमगरले गरेका हुन् । प्रेम सापकोटा सोनु युटुबबाट रिलिज भएको गीत अहिले सर्बाधिक लोकप्रिय भन्ने लक्ष्य अनुसार सफल भैइरहेको देख्न सकिन्छ हाम्रोतर्फबाट पनि यस्ता सिर्जना सधैं अपेक्षा सहितको शुभकामना ब्यक्त गर्दछौ ।

भिडियो