
पेरिस ओलम्पिक २०२४ मा अहिलेसम्म ११ स्वर्ण पदक जितेर चीन अग्रस्थानमा छ ।
चीनले ११ स्वर्ण पदक जितिसकेको छ । यसबाहेक ७ रजत र ३ कास्य गरी कुल २१ पदकका साथ मेडल टेबलमा चीनले आफूलाई पहिलो स्थानमा चढाएको हो ।
दोस्रो स्थानमा फ्रान्सले ८ स्वर्ण जितेको छ । सातौं स्थानमा रहेको अमेरिकापछि सबैभन्दा बढी रजत पदक फ्रान्सको नाममा छ । १० रजत र ८ कास्यसहित कुल २६ पदक जितेर फ्रान्स दोस्रो स्थानमा फर्किएको हो । मंगलबारसम्म फ्रान्स जापानपछि दोस्रो स्थानमै थियो ।
तीन दिनसम्म पहिलो स्थान ओगटेको जापान अहिले तेस्रो स्थानमा झरेको छ । ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित जापानले कुल १५ पदक जितेको छ ।
७ स्वर्ण, ६ रजत र ४ कास्य जितेको अस्ट्रेलिया चौथो स्थानमा छ ।
६ स्वर्ण १३ रजत, १२ कास्य गरी कुल ३१ पदक जितेर अमेरिका पाँचौँ स्थानमा उक्लिएको छ । ६ स्वर्ण, ७ रजत र ७ कास्य जितेको बेलायत छैठौँ, ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक जितेको दक्षिण कोरिया सातौँ र ३ स्वर्ण, ६ रजत र चार कास्य गरी कुल १३ पदक जितेर इटाली आठौं स्थानमा छ ।