पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ३ सय ४४ सदस्य केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ । नाम टुंग्याउन गठित कार्यदलले शुक्रबार केन्द्रीय सदस्यहरूको सूची सार्वजनिक गरेको हो । कार्यदलमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल छन् ।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको पार्टीको दसौं महाधिवेशनमार्फत तीन पदाधिकारीसहित ९३ केन्द्रीय सदस्य चुनिएका थिए । उक्त सूचीमा २ सय ५१ जना थपिएका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले न्युज इन नेपाललाई जानकारी दिए । उनका अनुसार, बाँकी पदाधिकारी टुंग्याउने कसरत पनि भइरहेको छ ।
महाधिवेशनबाट अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल चुनिए पनि नेकपा एसले बाँकी पदाधिकारी छानेको छैन ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्