दमौलीका हलगोरु पाल्ने किसानले पाए अनुदान

  • गत आ.व. २०८०–८१ मा तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाका हलगोरु पाल्ने किसानले रु. १३ लाख ८० हजार अनुदान प्राप्त गरेका छन् । ३४५ हलगोरु पाल्ने किसानहरुलाई प्रतिव्यक्ति रु.चार हजारका दरले प्रोत्साहनस्वरूप उक्त रकम उपलब्ध गराइएको पशु सेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाहले जानकारी दिए ।
    यो कार्यक्रमका लागि सुरुमा रु. १० लाख विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाहले बताए । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation