भारतीय विदेश सचिव किन आउँदैछन् नेपाल
वि.सं.२०८१ साउन २६ शनिवार ०९:५६
1.29K
shares
shares

भारतीय विदेश सचिव किन आउँदैछन् नेपाल
भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री २ दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन्। ‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट गर्ने पनि बताइएको छ।











