इजरायलद्वारा लेबनानमा हमला, हिज्वुल्लाहद्वारा रकेट प्रहार

  • इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा
  • इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ।

    इजरायली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबनानका विभिन्न ठाउँमा हिज्वुल्लाहकाे निशानामा आक्रमण गरेको जनाएको छ।
    इजरायली सेनाले दुई सयभन्दा बढी निशानामा आक्रमण गरेको र हजारौँ रकेट प्रक्षेपण गर्ने ठाउँहरूलाई ध्वस्त गरिदिएको जनाएको छ।
    हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरायलतर्फ ३ सय भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ।
    उसले अहिलेका लागि उसको कारबाही सम्पन्न भएको जनाएको छ।
    पेन्टागनले संयुक्त राज्य अमेरिकाले प्रतिरक्षाका लागि इजरेलले चालेको कदमप्रति समर्थन जनाएको छ।

    बदलामा गरिएको आक्रमण

    आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले भने, “आत्मरक्षाका लागि ती जोखिमहरू हटाउन आईडीएफले आतङ्कवादी निशानाहरूमा आक्रमण गरिरहेको छ।”
    इजरेलले लेबनानका सर्वसाधारणहरूलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिज्वुल्लाह रहेका ठाउँ छाड्न आफूले चेतावनी दिएको जनाएको छ।
    त्यस लगत्तै हिज्बुल्लाहले आफूले अघिल्लो महिना समूहका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिएको बदलामा इजरेलमा ठूलो स्तरको ड्रोन हमला गरेको जनाएको थियो।
    हानिया र शुकर मारिएपछि हिज्वुल्लाह भन्छ, इजरायलसँगकाे लडाइँ नयाँ चरणमा
    पश्चिमा देशले आफ्ना नागरिक फर्काइरहेका बेला लेबनानका नेपाली कस्तो अवस्थामा छन्रु
    आइतवार बिहानै उत्तरी इजरेलमा रकेट आइरहेको जनाउ दिने चेतावनीका साइनहरू बजेका थिए।
    इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ।
    तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ।
    संयुक्त राज्य अमेरिकाले इजरायललाई आफ्नो समर्थन रहने दोहोर्‍याएको छ।
    इजरेलले हिज्बुल्लाहले आक्रमणको तयारी गरेपछि आत्मरक्षामा उक्त हमला गरेको जनाएको तस्बिर स्रोत,च्भगतभचक
    तस्बिरको क्याप्सन,इजरेलले हिज्बुल्लाहले आक्रमणको तयारी गरेपछि आत्मरक्षामा उक्त हमला गरेको जनाएको छ
    हिज्बुल्लाहले इजरायलकाे उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ।
    उसले यसलाई इजरेलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ।
    हिज्बुल्लाहले दक्षिण लेबनानको खियाममा आफ्ना एकजना लडाकुको मृत्यु भएको पुष्टि गरेको छ।
    उक्त समूहले ती व्यक्तिको कुन अवस्थामा मृत्यु भएको खुलाइएको छैन। तर लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त सहरमा इजरेलले गरेको आक्रमणमा एउटा कार परेको र त्यसमा एक जना व्यक्तिको मृत्यु भएको जनाएको थियो।
    हिज्बुल्लाहले लेबनान र दक्षिणको प्रतिरक्षामा आफ्नो राष्ट्रिय र जिहादी दायित्व पुरा गर्ने क्रममा ती व्यक्ति मारिएको जनाएको थियो।
    हिज्बुल्लाहले आजका लागि योजना गरिएको इजरेलमाथिको हमला ‘सम्पन्न भएको र सफल भएको’ पनि उल्लेख गरेको छ।
    आईडीएफले एउटा विज्ञप्तिमा हिज्बुल्लाहले ‘१५० भन्दा बढी रकेट लेबनानबाट इजरायली भूमिमा प्रहार गरेको’ जनाएको छ।
    उसले आइरन डोमु क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation