‘हिंसा’ शब्दप्रति माओवादीको आपत्ति : संसदमा हलचल

  • नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको हिंसात्मक आन्दोलनले विद्युत्का पूर्वाधारहरु पड्काएकोले लोडसेडिङ अन्त्य हुन ढिला भएको भन्ने शब्द प्रयोग गरेपछि संसदमा हलचल भएको छ ।

    बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले बोलेको शब्दप्रति तत्काल नेकपा माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो हिंसा हो हिंसा हो’ बोल्न नदिनु पनि हिंसा हो भन्ने अभिव्यक्ति भट्टराईले दिएका थिए ।

    भट्टराईले ‘हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन’ भन्दा सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति जनाएका थिए । माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्याएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे । माओवादी सांसदहरु विरोधमा उत्रिएपछि सांसद भट्टराईले पुनः प्रष्टिकरण गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation