संसदको लज्जास्पद हर्कत देखेर विद्यार्थीहरु हिँडेपछि सांसद श्रेष्ठ बनिन् भावुक
वि.सं.२०८१ भदौ १३ बिहीवार ११:२७
shares

नागरिक उन्मुक्ति पार्टीकी सांसद एवम् अध्यक्ष रञ्जिता श्रेष्ठले संसद हेर्न र बुझ्न आएका विद्यार्थीहरू सत्तापक्ष र प्रतपक्षी सांसदहरूको बाझाबाझका कारण उठेर हिँडेको बताएकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरूको बाझाबाझ साम्य भएपछि बोलेकी श्रेष्ठले सदनमा सत्तापक्ष र विपक्षी सांसदहरूबीच भनाभन हेर्न नसकेर विद्यार्थीहरू बाहिरिएको र त्यसले उनीहरूको मनोविज्ञानमा संसदप्रति नकारात्मक धारणा पैदा भएको बताएकी हुन्।
‘उहाँहरू भट्टाभट उठेर एक्जिट हुनुहुँदै थियो। शायद उहाँहरू अभिभावकहरूले उहाँहरुलाई भनेर पठाउनुभएको थियो वा उहाँहरूले पढेर आउनुभएको थियो- अनिकालमा बीऊ जोगाउनु हुलमुलमा जिउ जोगाउनु भन्ने उखान याद आएर हुनुपर्छ उहाँहरू उठ्दै जानुभयो,’ उनले भनिन्।
ती विद्यार्थीहरूले समरीमा के लेख्छन् भन्ने पनि श्रेष्ठले बताइन्।












