पदम गिरीकाे कडा प्रहार– ‘सुनकाण्डकाे छानबिन भएकाे भए माओवादी हेडक्वार्टर रित्ताे हुन्थ्याे’

1.14K
shares

नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करी प्रकणरमा पारदर्शी ढंगले छानबिन भएको भए माओवादी केन्द्र पार्टीको हेडक्वार्टरमा कोही नरहने दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले छानबिन भएको भए माओवादी हेडक्वार्टरका मान्छेहरू अहिले जेलमा बसिरहेकाे हुने दाबी गरे ।

‘सुन तस्करीमा नेपालमा इतिहास रच्ने काम भयो । शायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन गरेको भए तपाईंको हेडक्वार्टरमा कोही मान्छे खाली रहँदैनथ्यो होला । जेलको छिँडीमा हुन्थे होला सबै जना यो म भन्न सक्छु,’ उनले भने, ‘तर छानबिन गर्न नसक्ने स्थिति बन्यो । सबैलाई उन्मुक्ति दिने काम भयो कि भएन ? अनि महसुस हुन्छ सुशासनका पक्षमा छु । बाँकी सबै बिचौलिया हुन् भन्नु न्याय संगत हुन्छ ?’