एन्फा महिला लिग भोलिदेखि सुरु , १० टोली सहभागिता

1.13K
shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आइतबारबाट  एन्फा महिला लिग सुरु हुने भएको छ ।  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगिताको  तयारी पूरा भएको एन्फाले जानकारी  दिएको हो ।

एन्फाका अनुसार प्रतियोगितामा १० टिम सहभागी हुने भएकाछन् । लिगमा  त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाका रहेका छन् ।

त्यस्तै , कोशी, कर्णाली र सुदूरपश्चिमप्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले बताए। लिगको उद्घाटन खेल आइतबार दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुने शाहले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार, उत्कृष्ट खेलाडीलाई १ लाख, फेयर प्ले टीमलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०–५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।