हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता
वि.सं.२०८१ भदौ २० बिहीवार ०१:१९
shares
(240108) -- DHAKA, Jan. 8, 2024 (Xinhua) -- Bangladeshi Prime Minister Sheikh Hasina speaks at a meeting in Dhaka, Bangladesh, on Jan. 8, 2024. The ruling Bangladeshi Awami League (AL) party led by Prime Minister Sheikh Hasina has won 223 out of 298 seats in the country's parliamentary elections, according to the Chief Election Commissioner Kazi Habibul Awal on Monday. (PMO/Handout via Xinhua)
काठमाडौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ ।
योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहुर्का परिवारले दर्ता गरेका मुद्धा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् ।
जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो ।
यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन् ।
देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोडेकी थिइन् । उनी हाल भारतमा रहेकी छन् ।













