सांसद झाले भनिन् : ‘भ्रष्टाचारीको जात र धर्म हुँदैन’

1.29K
shares

प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झाले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा छुट दिनु नहुने स्पष्ट पारेकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिलाई प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गरिएकोमा ध्यानाकर्षण गराइन्।

उनले यसलाई संघीय निजामती कर्मचारी ऐनको कमीको परिणाम हो भन्ने आशंका व्यक्त गरिन्।

सांसद झाले कतिपय सांसदहरूले समेत सहकारी लगायतका भ्रष्टाचारमा संलग्नता देखाएको र भ्रष्टाचार र भ्रष्टाचारीहरूसँग कडा कारबाही गर्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले भ्रष्टाचारीको जात र धर्म नभएको भन्दै यो समस्याको समाधान सबै मिलेर गर्नुपर्नेमा जोड दिइन्।